Monday, January 12, 2015

Nepali Poems

मेरो साथ् .......

जब दुनिया बाट टाडा रहने छौ
दुखमा एक्लो हुनेछौ
आँखा चिम्ली मन मा हेर्नु
तिम्रो साथ् र साहाराको लागि मलाई पौनेछौ ....
जब नया बिहानी आउनेछ
खुशीको लहर र संसारनै तिमि संघ गाउने छ
त्यो साथीहरुको भिडमा मलाई नखोज्नु
मा हराई सकेको छु तर तिम्रो हरेक आँसु र मुस्कानमा सदेव भेटिने छु...........

बाच्नेछु सधैँ भरी .......

देह यो नासेर जाला
बस्ने छु याद बनि आफनै खरानीमा कसैको लागि
नसा नरहला रातो रगत सबै सुकी जाला
भर्दिने छु रंग उसको जिन्दगीमा कहिले नमेटिने गरि.....
न रुप रहला न रंग रहला
बन्ने छु एक आकृति ऊसको कल्पनामा सधै भरि
हे ईस्वर, मलाई उसको मनमा मारेर देखा
बाच्ने छु म त्यहाँ सधै भरि .............

पागलपन..

समयको त्यो छन्, यात्राको त्यो मोड
असारको त्यो झरी , भाग्ने मानिश्हरुको त्यो होड
टाडाबाट तिम्रो आगमन, लाग्यो समय थामिएको
सुन्न थाले मनले त्यो आहट, पहिलेको जन्म देखि कप्लिएको..........
तिम्रो हरेक पाइला लाग्न थाल्यो मेरै तर्फ बढाएको
तिमीलाई पाउने लोभ र गुमाउने डर,कारण येही मुटु घब्राएको
आँखा मिची फेरी हेरे,तिम्रो छवि कहीं पनि छैन पाएको
मृत्युले तिमीलाई हरेर लागिसक्यो,मेरो पागलपनमा म छनिक ब्यर्थ रमाएको .............

मन मुटुमा कम्पन...........

गर्मीको दुरी र जाडोको आगमन
समयको अटुट यात्रा,मौसमको परिवर्तन
बर्षौंको बिछोड, सम्झना तिम्रो हरपल हरदम
तिम्रो मिलनको आश, मन मुटुमा कम्पन...........

बटुवाको राज.....

बाटोको साथ तब सम्म जब सम्म बटुवा हिडने छ
मुहार याद नहोला, नाम मेटी जाला,यात्रा अवसमरणीय रहनेछ
जीवन त पशुले पनि बयेतित गर्छ, सांस फेर्नु र बाच्नु पशु तुल्य हुनेछ
कसैको कल्पनामा डुबेर बस्नुको मजा, यसको राज मृत्यु समिप खुल्नेछ.....

भिजेका आँखा........

यी ओंठ सधैँ हाँसीरहे, आँखाले छल्न सकेन
पाइला सधैँ सारी रहें , गन्तब्य कहिले भेटिन
हर पल एक्लो रही रहें, केवल एकलाई साथ दिन्छु भने
केहि नबोली बाचा गरेको थिए, त्यो पनि पुरा गर्न सकिन
बाटो त उनले पनि हेरीकी थिई , मौसम बदले तर म देखा परिन
सम्झेर मलाई कुरेकी थिई , केहि खबर पनि मैले पठाइन
अन्त्य त जीवन त्यागी हाली, मेरो घात लिएर बाच्न सकिन
आँखाले आँसु झारिहाले,यो पाली ओठले पनि साथै दिएन ..........

Samjhyo sansar yesaima

Janmeko tyo kanda, kanda kai jyang ma
phool ko bhagya , baschin sabko maanma
jharina tyo phool kahile kanda ko jhyaang ma
Abhagi kanda, samjhyo sansar yesaima

Chitra euta koriyeko

Sano hunda ko mayako rang
Thiyo charai tira chariyeko
Dherai pachi dhulo hatai herda
Payen chitra euta koriyeko

Sabda merai hun

Sabda merai hun
Jun kalam le lekhe pani
Gantabya timi nai hau
Maile jun bato roje pani

Din ko ujyalo

Din ko ujyalo ma jaldachu
Jaleko nibhauna andhyaronma piunai paryo
Harek saansh ma pal pal marda chu
Maan ma timi chau, timilai bachauna jiunai paryo

Jitera timilai

Jitera ….timilai harne daar cha
Harera …. Timilai jitne aash cha

Maya

Maya le matra bachna pugdaina
tara bachna ko lagi bangla, gadi, thulo bank balance pani
chahindaina

Nango Hundaina

Nango hundaima laaz hundaina
kasko agadi nango bhaincha tyesma bhar parcha

No comments:

Post a Comment